November 24, 2024, 1:36 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

चिकित्सकको आन्दोलनले अलपत्र बिरामी

भदौ ३१, २०८० मा प्रकाशित | ५० पटक पढिएको संबाददाता

Spread the news

भरतपुर, भदौ ३१ गते । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका बिरामी चिकित्सक उपचार गर्न नआएपछि अस्पताल परिसरबाट बाहिरिएका छन् ।चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको आह्वान गरेको हो ।यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र विराडीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।

 

 

(गोरखापत्र )

प्रतिक्रिया