January 18, 2025, 8:04 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

पढाइ रोकेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने दुहवी नगरपालिकाको चेतावनी

अशोज १, २०८० मा प्रकाशित | ८२ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – सुनसरीको दुहवी नगरपालिकाले पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

दुहवीका मेयर वेदनारायण गच्छदारले आज साेमवार विज्ञप्ति निकालेर कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् । कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सधैँ झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न/गराउन नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको र यो निर्देशनको अवज्ञा गरेमा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको तर आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ/छैन भन्ने विषय ख्याल गर्नुपर्ने मेयर गच्छदारले बताउनुभएको छ । बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द, हडताल गर्नु कदापि स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभएको छ ।

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया