January 18, 2025, 7:43 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण

अशोज ९, २०८० मा प्रकाशित | १३७ पटक पढिएको संबाददाता

Spread the news

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

प्रतिष्ठानले फुङ्लिङ नगरपालिका –७ दोखु कैँजलेको युवावर्ष माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । प्रतिष्ठानले मङ्गलबार विद्यालयमा पुगेर कापी र डटपेनजस्ता शैक्षिक सामग्री वितरण गरेको छ ।

युवा वर्ष माविमा कक्षा १ देखि १० सम्म अध्ययनरत २४० जना छात्रछात्रा (विद्यार्थी) शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका सदस्य दिनेश लिङ्खिमले जानकारी दिनुभयो । उहाँका प्रतिविद्यार्थी एक–एक दर्जनका दरले कापी र डटपेन वितरण गरिएको छ । कार्यक्रममा फुङ्लिङ नगरपालिका –७ का वडाध्यक्ष योगेन्द्र निरौला, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतम, विद्यालयको निमित्त प्रधानाध्यापक सुरेश निरौला, प्रतिष्ठानका सदस्य दिनेश लिङ्खिमलगायतले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यसमेत राखेर शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, प्रतिष्ठानले यसअघिका वर्षमा पनि शैक्षिक सामग्री, कमजोर आर्थिक अवस्था भएका तथा विपन्नको स्वास्थ्योपचारमा आर्थिक सहयोग, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणलगायत सामाजिक काम गर्दैआएको जनाएको छ ।

यता प्रतिष्ठानले गर्दैआएको सामाजिक कार्यले सम्बन्धित पक्ष र क्षेत्र तथा समाजलाई राहत पुग्ने आफूले विश्वास लिएको वडाध्यक्ष निरौलाले बताउनुभयो ।

(गोरखापत्र)

प्रतिक्रिया