November 22, 2024, 2:19 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

सुशासनको मार्गचित्रको तयारीमा सरकार छ : कार्यवाहक प्रधानमन्त्री खड्का

अशोज १०, २०८० मा प्रकाशित | ६४ पटक पढिएको संबाददाता

Spread the news

सुर्खेत, असोज १० गते । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।

बुधबार सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको बताउनुभएको हो । रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यानदिएको बताउनुहु्ँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

‘सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ,’’ उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।’’ कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागि रहेको पनि उहाँले बताउनुभयो ।उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णालीकरिडोर चीन सरकारले बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँले विकास निर्माणका कार्यमा संघ, प्रदेश र स्थानीयतहले समन्वय गरेर अगाडि बढेको जानकारी दिनुभयो । बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, सरल बनाउनका लागि हुने ढिला सुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे पनि सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो । ‘‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’’ उहाँल भन्नुभयो, ‘‘अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’’ उपप्रधानमन्त्री खड्काले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताउनुभयो ।मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया पनी अगाडि बढेको बताउनुहुँदै उहाँले चुनावको समयमा बजेट कार्यान्वयनको विषयमा जनतामाझ आश्वासन दिएका कुरा अगाडि बढेको बताउनुभयो ।

(गोरखापत्र)

प्रतिक्रिया