November 24, 2024, 6:54 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा माल्दिभ्ससँगको खेलमा नेपाल टस जितेर ब्याटिङमा

अशोज १४, २०८० मा प्रकाशित | ९५ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – १९औँ एसियाली खेलकुदको क्रिकेटमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ । हान्झाउमा नेपालले टस जितेर ब्याटिङ थालेको छ ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेट किपर विनोद भण्डारी टोलीमा छन् ।

आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए ।

टी–२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

माल्दिभ्सको पहिलो रोजाइको टोली भने एसियाडमा सहभागी छैन । टी–२० वरीयतामा नेपाल १६औँ र माल्दिभ्स ७८औँ स्थानमा छ । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म दुई वटा टी–२० खेल भएकोमा नेपाल विजयी भएको थियो ।

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया