November 25, 2024, 2:50 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा

अशोज २६, २०८० मा प्रकाशित | ४९ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् । कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित उहाँलाई समर्थन गर्ने कांग्रेसका आठ जना र एमालेका गरी ४७ जना सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।

कार्कीले एमालेको समर्थनमा हिजो बिहीवार मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले दाबी पेसका लागि आज शुक्रवार बेलुका ५ बजेसम्मका लागि दिनुभएको समय सकिएको छ । प्रदेश प्रमुख खापुङले दाबी पेस गर्ने समय सकिएपछि निर्णय लिने बताउँदै आउनुभएकाे छ ।

  • कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनबाट भने माओवादीका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

 

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया