November 25, 2024, 3:04 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विश्व कप क्रिकेट : अस्ट्रेलियाको पहिलो जित, श्रीलङ्का पाँच विकेटले पराजित

अशोज ३०, २०८० मा प्रकाशित | ४९ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – भारतमा चलिरहेको आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । लगातार दुई खेलमा पराजित भएको अस्ट्रेलियाले गएराति लखनउमा सम्पन्न खेलमा  श्रीलङ्कालाई ५ विकेटले पराजित गरेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो ।

श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका जोस इङ्ग्लिसले सबैभन्दा धेरै ५८ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो ।

श्रीलङ्काका कुशल परेराले ७८ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए ।

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया