November 21, 2024, 5:25 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

जापानसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

कार्तिक ४, २०८० मा प्रकाशित | ५५ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्ठाै – मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले नेपाल र जापानको खेल भइरहेको छ ।

वाईएसडी यूकेएम ओभलमा भइरहेको खेलमा टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।  नेपाल समूह ‘ए’ को विजेता र जापानले समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो ।  अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुर खेलिरहेका छन् ।

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया