November 21, 2024, 6:26 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

यूएईसँगको खेलमा देव खनालको शतक

कार्तिक ७, २०८० मा प्रकाशित | ५७ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि अहिले नेपाल र यूएई खेलिरहेका छन् । मलेसियाको बायोमासमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन् । उनले ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाए । यसअघि नेपालका अजुर्न कुमाल ५५ र दीपक बोहाेरा ५ रनमा आउट भए । आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् । यो खबर तयार पार्दासम्म नेपालले ३६ ओभरको खेलमा तीन विकेट गुमाएर १ सय ८३ रन बनाएको छ ।  देव खनाल शतक बनाएलगत्तै आउट भएका छन् ।

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुगेसँगै नेपाल र यूएईले पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्ने पक्का भएको छ । नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो । यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

 

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया