November 23, 2024, 9:48 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

कोलोराडोमा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न

कार्तिक २०, २०८० मा प्रकाशित | ४६८ पटक पढिएको संबाददाता

Spread the news

कोलोराडो, अमेरीका
नोभेम्वर ५, २०२३

हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

 

enepalese.com

 

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न भएको हो ।

 

रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी नवीन दत्तको प्रमुख आतिथ्यता, समाजसेवी तथा रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल ओम बड्स कमिटीका संयोजक रोहीणी शर्माको बिशेष आतित्थ्यता तथा बरिष्ठ गायक राजेशपायल राई लगायत स्थानीय कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथीबाट संयूक्तरुपमा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, तथा नेपाली तथा नेपाली भाषी बा,आमा,दाजुभाई दिदी बहिनीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापना काल देखि हाल सम्म नेपाली भाषा, संस्कृती संरक्षण र पहिचाहनमा निरन्तरता दिईदै आईरहेको भन्दै यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए । सोही मंञ्चमा आयोजक संस्थाका पदाधिकारीहरुले देउसी भैलो खेली नेपाली संस्कृतीको पहिचाहन गराएका थिए ।

 

 

कार्यक्रमको दोश्रो चरणमा सांगीतीक कार्यक्रम संचालन भएको थियो । जसमा बरिष्ठ गायक राजेश पायल राईले एक दर्जन भन्दा बढी लोकप्रीय गीतहरु गएर दर्शकलाई नचाएका थिए । स्थानीय बाल कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी स्थानीय कलाकारहरु मनोज तुलाधर, उज्ज्वल सुनुवार, रोशन दाहाल, फिरोज तिमल्सीना, लगायतका कलाकारहरुले बिभिन्न लोक, आधुनिक तथा राष्ट्रिय गीतहरु गाएर सहभागीहरुको मन जितेका थिए ।

कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गर्नुहुने दाता, कार्यक्रममा उपस्थित भई आपनो कला प्रस्तुत गर्नुहुने गायक राजेशपायल राईलाई आयोजक कमिटीका पदाधिकारी तथा गन्यमान्यहरुबाट खादा लगाईदिई मयाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

संस्थाका महासचिव आकृती राई अधिकारी र कल्चर सेक्रेटरी निशापाठकद्धारा कार्यक्रम संयूक्त रुपमा संचालन गरिएको थियो । कार्यक्रमको अन्तमा संस्थाका निर्वतमान अध्यक्ष टिका पौडेलले उपस्थित सबैलाई दशै, तिहार, छट लगायत संम्पूर्ण चाड पर्वको शुभकामना दिदै कार्यक्रम सफलपार्न बिभिन्न माध्यमबाट सहयोग गनुहुने सबैलाई धन्यवाद दिएका थिए ।

Source: enepalese.com

 

प्रतिक्रिया