November 21, 2024, 3:01 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

कार्तिक २६, २०८० मा प्रकाशित | ५२ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड अन्तिम चारमा पुगेका छन् । हिजो भएको खेलमा पाकिस्तान इंग्ल्याण्डसँग हारेसँगै न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा अंकतालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड तथा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानमा रहेको अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वान्खडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुनेछन् ।

विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज भारत र नेदर्ल्याण्डस्बीच खेल हुनेछ । हिजो भएको खेलमा पाकिस्तानलाई ९३ रनले हराएको इंग्ल्याण्ड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ । हिजो भएको अर्को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो।

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया