November 23, 2024, 10:00 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विश्व कप लिग–२ खेल्न नेदरल्यान्ड्स र नामिबिया नेपाल आउँदै

मंसिर १५, २०८० मा प्रकाशित | ६१ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – नेपालले आउँदो फागुन ५ गतेदेखि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ ।

आईसीसी विश्व कप लिग–२ को सन् २०२४-२७ को शृङ्खला खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउने भएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लिग–२ को आउँदो सिजन नेपालबाट शुरु हुने र त्यसमा खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउन लागेका जनाएको छ ।

नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । गएको महिना भारतमा सकिएको विश्व कपमा नेदरल्यान्ड्सले बङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएको थियो । तर समग्रमा नेदरल्यान्ड्स एकदिवसीय वरीयतामा निकै तल रहँदै लिग २ खेल्न लागेको हो ।

विश्व कप लिग–२ मा नेपालसहित नेदरल्यान्ड्स,  स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, नामिबिया र क्यानडाले खेल्नेछन् ।

 

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया