काठमाण्डौ – सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म भएको छ । बिहानैदेखि बादल र हुस्सु लागेको छ । यसले गर्दा चिसो बढेको छ । बादल र हुस्सु लागेको ठाउँमा पश्चिमी वायुको प्रभाव रहेको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हिजोको जस्तो मौसम खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । हुस्सु हटेर केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।
यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशको मौसम भने सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ८ दशमलव २ डिग्री सेल्सियस थियो ।
(उज्यालो रेडियो नेट्वोर्क)
प्रतिक्रिया