November 22, 2024, 10:55 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

धुव्रे हात्तीको दाह्रा निकालेर रेडियोकलर जडान, निगरानी गर्न सजिलो हुने

मंसिर २६, २०८० मा प्रकाशित | ४० पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा निकालेर रेडियोकलर जडान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर रेडियोकलर जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

रेडियोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ । रेडियोकलर जडान गर्नुअघि हात्तीको दाह्रा काटिएको थियो । केही वर्ष पहिले आतङ्क मच्चाएर केही समय शान्त रहेको ध्रुवे हात्ती तिहारयता फेरि मानव बस्तीमा पस्न थालेपछि डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जले जनाएको छ ।

यस हात्तीले यसअघि मान्छेको ज्यान लिनुका साथै बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको थियो ।

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया