January 18, 2025, 8:05 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विवाह पञ्चमी पर्व विधिपूर्वक मनाइयो

पुस २, २०८० मा प्रकाशित | ७६ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – भगवान् रामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर विवाह पञ्चमी पर्व मनाइएको छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व हिजो राम सीताको पूजा आराधना गरी मनाइएको हो । पर्वको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव गरिएको छ ।

सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राख्नुभएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले उचालेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ ।  रामसीताको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका छन् ।

यस वर्ष जनकपुरमा ८५ क्विन्टल अन्नबाट बनाइएको रामसीताको प्रतिमा विशेष आकर्षण बनेको थियो ।

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया