काठमाण्डाै – आईसीसी-१९ वर्षमुनिको विश्व कप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो ।
नेपाल र स्कटल्यान्डबीचको अभ्यास खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ ।
आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबीच पनि अभ्यास खेल हुनेछ । यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग खेलेको अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।
आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि शुरु हुनेछ ।
यो विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।
(उज्यालो रेडियो नेटवर्क)
प्रतिक्रिया