November 21, 2024, 8:48 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना हुँदा ७४ जनाको ज्यान गयो

माघ ११, २०८० मा प्रकाशित | १०६ पटक पढिएको संबाददाता

Spread the news

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र युक्रेनको सीमामा हिजो भएको विमान दुर्घटनापछि रुसले ‘युक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेको’ आरोप लगाउनुभएको छ ।

जेलेन्स्कीले रुसीहरूले युक्रेनी कैदीहरूको जीवन, उनीहरूका आफन्तहरूको भावना र समग्र युक्रेनसँग खेलिरहेको आरोप लगाउनुभएको हो । उहाँले युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा हिजो भएको विमान दुर्घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गर्नुभएको छ ।

रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले भने दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गर्नुभएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार हिजोको दुर्घटनामा जहाजमा रहेका सबैको ज्यान गएको छ।

जहाजमा रहेका ६५ जना युक्रेनी युद्धबन्दीहरू,  ६ जना  रुसी चालक दलका सदस्य र ३ जना सुरक्षागार्ड गरी सबै ७४ जनाकै ज्यान गएको बीबीसीले जनाएको छ । युक्रेनी युद्धबन्दीलाई रुसी सेनाको बदलामा सट्टापट्टाका लागि लगिएको हुनसक्ने खबरमा उल्लेख छ ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया