November 21, 2024, 11:43 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा

माघ २४, २०८० मा प्रकाशित | ९२ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

बेनोनीमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । भारतका सचिन दासले सर्वाधिक ९६ रन बनाए । कप्तान उदय शरणले ८१ रन जोडे ।

दक्षिण अफ्रिकाका क्वेना मफाका र ट्रिस्टन लुइसले तीन/तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । उसका लुआन प्रेटोरिअसले ७६ र रिचार्ड सेलेटस्वेनले ६४ रन बनाए ।भारतका राज लिम्बानीले ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् ।प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार हुनेछ ।

 

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया