November 24, 2024, 3:05 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

एसिया कपः सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

भदौ २४, २०८० मा प्रकाशित | ६२ पटक पढिएको संबाददाता

काठमाडौं, २४ भदौ । जारी एसिया कपको सुपर फोरमा आज आइतबार भारत र पाकिस्तान भिड्दै छन् ।

श्रीलंकाको कोलम्बोको आर प्रेमदास रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि भारत र पाकिस्तान समूह चरणको खेलमा खेलेका थिए । तर वर्षाको कारण खेल रद्ध हुँदा एकएक अंक बाडेका थिए । आजको खेलमा पनि वर्षा हुने पूर्वानुमान छ ।

एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ भने वरियताको तेस्रो नम्बरमा रहेको भारत रोहित शर्माको कप्तानीमा मैदानमा उत्रने छ ।

जारी सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो ।

सुपर फोरको दोस्रो खेलमा हिजो शनिबार श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको छ । योसँगै सुपर फोरमा लगातार दुई खेल हारेको बंगलादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ ।

सुपर फोरको खेल अन्तर्गत मंगलबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ भने बिहीबार पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । शुक्रबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपको फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।

 

प्रतिक्रिया