January 18, 2025, 4:58 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

लगातार ३ दिन दोहोरो अङ्कले घटेको नेप्से आज ५ अङ्कले बढ्याे

अशोज २४, २०८० मा प्रकाशित | ७५ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । शेयर बजार मङ्गलवार १९, साेमवार १२ र आइतवार ३५ अङ्कभन्दा धेरैले घटेकाे थियाे ।

आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै सिटी होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३७ लाख ३३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

 

                               (उज्यालो नेट्वोर्क)

प्रतिक्रिया