November 22, 2024, 2:33 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

अजरबैजान : इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गयो

अशोज ९, २०८० मा प्रकाशित | ३४ पटक पढिएको संबाददाता

Spread the news

अजरबैजानको नागोर्नो–काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । डिपाेमा विस्फाेट हुँदा तीन सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तीन सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो–काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ । विस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

विवादित नागोर्नो–काराबाख क्षेत्रमा एक लाख २० हजार जना जातीय अर्मेनियालीहरूको बहुमत रहेको छ । गएाे हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि घरबारविहीन भएका धेरै जना अर्मेनिया प्रस्थान गरेका छन् । अर्मेनिया
सरकारले घरबारविहीनलाई शरण दिने बताएको छ ।

(उज्यालो नेपाल)

प्रतिक्रिया