November 21, 2024, 1:38 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

प्रिमियर लिगमा टोटनहमले नटिङ्घम फरेस्टलाई दुई गोलले हरायो

मंसिर ३०, २०८० मा प्रकाशित | ४५ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो । उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६५औँ मिनेटमा गोल गरे ।

टोटनहम ७०औँ मिनेटमा १० खेलाडीमा सीमित भयो तर त्यसपछि पनि नटिङ्घम फरेस्ट खेलमा फर्कन सकेन । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।

आज चार खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ ।

प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष, ३६ अंककासाथ आर्सनल दोस्रो, ३५ अंक रहेको एस्टनभिल्ला तेस्रो र ३३ अंक रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा रहेकाे छ ।

 

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया