काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो । उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६५औँ मिनेटमा गोल गरे ।
टोटनहम ७०औँ मिनेटमा १० खेलाडीमा सीमित भयो तर त्यसपछि पनि नटिङ्घम फरेस्ट खेलमा फर्कन सकेन । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।
आज चार खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ ।
प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष, ३६ अंककासाथ आर्सनल दोस्रो, ३५ अंक रहेको एस्टनभिल्ला तेस्रो र ३३ अंक रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा रहेकाे छ ।
(उज्यालो रेडियो नेट्वोर्क)
प्रतिक्रिया