November 22, 2024, 1:34 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा

माघ १३, २०७७ मा प्रकाशित | २८९ पटक पढिएको संबाददाता

Spread the news

पोखरा ।

पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ ।
गुरुङ ब्युटी पार्लर एण्ड एकाडेमिक प्रालिमार्फत सौन्दर्य क्षेत्रमा बेग्लै पहिचान बनाई सौन्दर्यपारखीको मन जित्दैआएकी सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् ।
सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् ।
सो शाखाको एक समारोहबीच अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् ।
विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको संचालक गुरुङको भनाइ छ । पोखरा न्युरोडमा प्रधानकार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु संचालनमा छन् । जसमा ४६ जनाले रोजगार पाएका छन् ।
व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पीडित एवम् अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्यूनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् ।
शाखा उद्घाटन समारोहमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले यो व्यवसायबाट पोखराले सौन्दर्य क्षेत्रमा फड्को मारेको बताए । उनले संघले इन्स्टिच्युटसँग मिलेर आगामी दिनमा सहकार्य गर्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पनि उद्यमीमहिलाहरुको लागि सुनौलो अवसर रहेको बताए ।
कार्यक्रममा मिस नेपाल–१९९७ नीलिमा गुरुङ, इभेन्ट्स फर युका म्यानेजिङ डाइरेक्टर विशाल गुरुङ, हस्तकला व्यवसायी रामकली खड्का लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया