November 21, 2024, 8:56 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकियो

फाल्गुन ४, २०८० मा प्रकाशित | ११० पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब रुपैयाँ बराबरको सिलिङ तोकेको हाे ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।

यसैबीच, चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नुलाई बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको बताउनुभयो ।

विभिन्न सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गरी समाचार दिएको भन्दै उहाँले स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको बताउनुभयो ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया