November 24, 2024, 2:48 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

शेयर बजार साढे १९ अङ्कले घट्यो, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

भदौ २६, २०८० मा प्रकाशित | ६४ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

आज ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।’

प्रतिक्रिया