January 18, 2025, 11:09 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

बलात्कार आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

भदौ २७, २०८० मा प्रकाशित | ५८ पटक पढिएको संबाददाता

Spread the news

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी  चतराधामका सिद्धबाबा भनिनेकृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ।

सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको हो।

अदालतका तहसिलदार भरतमणि पोखरेलका अनुसार  गिरीविरूद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला भएको हो।

चतराधामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।

 

 

सेतोपाटी

प्रतिक्रिया