काठमाण्डाै – इङ्ल्यान्डले तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको छ।
इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । यसअघि द ओभलमा न्युजिल्यान्डले टस जितेपछि ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८ ओभर एक बलमा तीन सय ६८ रन बनाएर अल आउट भयो ।
चार खेलको शृङ्खलामा पहिलो एकदिवसीय न्युजिल्यान्डले र दोस्रो इङ्ल्यान्डले जितेका थिए । यसअघि भएको चार खेलको टी–२० शृङ्खला दुई–दुईको बराबरीमा सकिएको थियो । उज्यलो
प्रतिक्रिया