January 18, 2025, 6:36 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

भारतमा बेचिएका दुई किशोरीको उद्धार

अशोज ७, २०८० मा प्रकाशित | ५३ पटक पढिएको संबाददाता

Spread the news

ललितपुर – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। मन्त्री आचार्यले उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा स्वागत गर्नुभएको हाे ।

सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय गरेर उद्धार गरिएकाे हाे ।

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तीको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताउनुभयो।

‘स्वदेश फिर्तीको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौँ । दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्’, तामाङले भन्नुभयो ।

सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया