November 21, 2024, 9:33 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

अशोज ७, २०८० मा प्रकाशित | ४४ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।

आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, गए राति नै काठमाण्डाै महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएकाे छ । खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया