म्याग्दी, असोज ८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटना स्थलमै मृत्यु भएको हो ।
मालिका गाउँपालिका –२, बेलीका बिक काेठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको मालिका गाउँपालिका २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो पहिरोमा परेको थाहा पाए पछि डोजर लगाएर खोजी गर्दा मृत अवस्थामा विकको शव भेटिएको थियो ।
(गोरखापत्र)
प्रतिक्रिया