January 18, 2025, 7:56 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

एमाले बाग्मती प्रदेश अधिवेशन : आज चुनावी प्रकृया र भोलि मतदान हुने

अशोज १०, २०८० मा प्रकाशित | ५६ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डौ – नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु हुँदैछ । बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव हुने भएको हो । बाग्मती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेललगायतले दाबी गरेका छन् ।

चुनावी कार्यक्रम आज बिहान ८ बजेदेखि च्यासलमा शुरु हुँदैछ । बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, बेलुका ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने छ । त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भोली हुनेछ ।

प्रतिनिधिले विद्युतीय मेसिनबाट मतदान गर्ने छन् । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ । यस्तै एक जनालाई मतदान गर्न झण्डै २० देखि २५ मिनेट लाग्नेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा अस्ति पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

(उज्यालो नेपाल)

प्रतिक्रिया