November 21, 2024, 10:06 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

धनगढीबाट मुक्तिनाथ हिँडेका दुई जना तीर्थयात्री देवघाटमा बेपत्ता

अशोज ११, २०८० मा प्रकाशित | ६९ पटक पढिएको संबाददाता

Spread the news

कैलाली, असोज ११ गते । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलनचोक घर भएका १७ वर्षीय पङ्कज दाहाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

बेपत्ता दाहाल र अधिकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता पण्डितले बताउनुभयो । धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतबार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको जनाइएको छ ।

 

 

 

 

(गोरखापत्र)

प्रतिक्रिया