November 24, 2024, 4:25 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु, प्रतिपदा र द्वितिया तिथिको श्राद्ध आजै

अशोज १३, २०८० मा प्रकाशित | ७५ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिकासाथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ ।

सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ । यस वर्ष गएको साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादशैँ पछि सरेको छ ।

 

 

 

(उज्यालो नेपाल)

प्रतिक्रिया