January 18, 2025, 11:12 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

नेपालले टस हार्यो : भारत पहिला ब्याटिङमा

अशोज १६, २०८० मा प्रकाशित | ३४ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – १९औँ एसियाली खेलकुदको क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा शुरु भएको छ । नेपालले टस हारेको छ ।

भारतले टस जितेर ब्याटिङ थालेको छ । नेपालले टोलीमा एक परिवर्तन भएको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गरेका छन् ।

नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो ।  कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।

त्यस्तै, समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेको हङकङले पाकिस्तानसँग खेल्दैछ । यो खेल आज बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको मलेसिया र बङ्लादेश तथा सिधै क्वाटरफाइनलमा पुगेका श्रीलङ्का र अफगानिस्तानबीच भोलि खेल हुनेछ ।

 

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया