November 22, 2024, 1:56 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु

अशोज १८, २०८० मा प्रकाशित | ३८ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ ।

नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि गर्दै आजदेखि शुरु भएको हो ।

व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ ।

भोलि शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर पर्सि शनिवार बिहान साढे १० बजेपछि मात्रै वर्तालुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रत बस्नु अघिल्लो दिनमै वर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ ।

देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ ।

 

 

 

 

 

(उज्यालो नेपाल)

प्रतिक्रिया