January 18, 2025, 8:03 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

अशोज १९, २०८० मा प्रकाशित | ६५ पटक पढिएको संबाददाता

Spread the news

कास्की – नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । हिजो भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारी एक सय ६६ मतले पराजित हुनुभयो । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

उपाध्यक्षमा मिनप्रसाद गुरुङ ५ सय ३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी बाबुराम विक एक सय ७२ मतले पराजित हुनुभएको छ । बाबुराम विकले ३ सय ६२ मत प्राप्त गर्नुभयो ।

सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडी निर्वाचित हुनुभएको छ । उहाँले ५ सय २० मत र प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा दामबहादुर विक ४ सय ९९ मतकासाथ विजयी हुनुभयो । विकका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो । त्यस्तै, उपसचिव महिलामा मञ्जु अधिकारी ५ सय ३१ मतकासाथ निर्वाचित हुनुभएको छ । मिना गुरुङले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

एक सय ६२ पदमध्ये केहीमा निर्विरोध भए पनि धेरैजसो पदका लागि मतदान भएको थियो । गण्डकीमा ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा ८ सय ९६ जनाले मतदान गरेका थिए ।

 

 

 

 

 

(उज्यालो नेपाल)

प्रतिक्रिया