January 18, 2025, 7:48 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात

अशोज १९, २०८० मा प्रकाशित | ५० पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले ।

जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायाे । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित रहे। रविन्द्रको यो पहिलो शतक हो ।

ओपनर विल योंग शून्यमै आउट भए । इङ्ल्यान्डका साम करनले १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेकाे इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएकाे थियाे । उसका जाेए रुटले सर्वाधिक ७७ रन बनाए । यस्तै, कप्तान जाेस बटलरले ४३ र जाेनी बेयर्स्टाेले ३३ रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिए ।

इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणकाे प्रतियाेगिता हिजाे बिहीवारदेखि शुरु भएकाे हाे । भाेलि पाकिस्तान र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

 

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया