January 18, 2025, 11:12 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख राहत दिने

अशोज २२, २०८० मा प्रकाशित | ५४ पटक पढिएको संबाददाता

Spread the news

डोटी – इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही दुई लाखका दरले रकम प्रदान गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरुका परिवारलाई राहत स्वरुप दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरिएको छ । इजरायलमा आतंकवादी समूह हमासले गरेको हमलामा परी आइतवार १० जना नेपालीको मृत्यु भएको थियो । जसमध्ये सात जना सुदूरपश्चिमका विद्यार्थी रहेका छन् ।

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया