January 18, 2025, 5:17 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली विदेशमन्त्री कोहनबीच कुराकानी

अशोज २३, २०८० मा प्रकाशित | ११८ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डौ – परराष्ट्र मन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । दिउँसो भएको कुराकानीमा परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन विदेश मन्त्री कोहेनसँग आग्रह गर्नुभएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन र सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि इजरायल सरकारसँग आग्रह गर्नुभएको छ । यस्तै उहाँले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिन लगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि समकक्षी मन्त्री कोहेनसँग आग्रह गर्नुभएको छ ।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताउनुभयो ।

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया