January 18, 2025, 7:47 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

नेपाल २ सय ७४ रनले विजयी

अशोज २५, २०८० मा प्रकाशित | ५५ पटक पढिएको संबाददाता

Spread the news

काठमाडाैँ । नेपालले यू १९ प्रिमियर कप क्रिकेटमा इरानलाई २ सय ७४ रनले हराएको छ । ३ सय ५४ रनको ठूलो लक्ष्य पाएको इरानलाई  ३१ औँ ओभरमा ७९ रनमा अल आउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।

इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेल र सुवास भण्डारीले तीन तीन विकेट  लिनुभयो । दीपेशले मात्र ४ रन र सुवासले ६ रन खर्चेर यो सफलता हात पार्नुभयो । यस्तै हेमन्त धामी र आकाश चन्दको नाममा दुई दुई विकेट रह्यो।

मलेसियामा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१ औँ ओभरमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले १ सय रन बनाउनुभयो । उहाँले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गर्नुभएको थियो । यू १९ मा देवको यो दोस्रो शतक हो ।

यस्तै दीपकप्रसाद डुम्रेले  ६९ र दीपक बोहराले ६५  रन बनाउनुभयो । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । नेपालले  असोज २८ गते बहराइनसँग र कार्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ ।

 

 

 

 

 

 

(सिआइएन)

प्रतिक्रिया