January 18, 2025, 10:53 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

रैथाने खाना प्रवर्धन गर्न विदेशी पहुनालाई दशैँ परिकार खुवाइने

अशोज २६, २०८० मा प्रकाशित | ३४ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – दशैँको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरू होटल रेस्टुरेन्टको मेनुमै राखी होटल सङ्घ नेपालले रैथाने खाना प्रवर्धन गर्ने भएको छ ।

दशैँको बिदामा कतिपय रेस्टुरेन्टहरू समेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकोले होटलहरूले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने होटल सङ्घ नेपालका सदस्य होटलहरूले जनाएका छन् । याे कार्यक्रम असोज २८ घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ ।

पर्यटकहरूले यात्राका क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुचि राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य छ ।

होटल सङ्घ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरिका सदस्य होटलहरू स्थानीय रैथाने पकवान पस्कने छन् । झापाकाे होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाण्डाैका एअरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दशैँको चाडपर्वमा घरमा पाक्ने स्थानीय रैथाने पकवान ग्राहकहरूमाझ पस्कने छन् । यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी हुने होटल सङ्घ नेपालले जनाएको छ ।

 

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया