काठमाण्डाै – मकवानपुरमा भारतीय तीर्थयात्री बाेकेकाे जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाण्डाैका लागि छुटेकाे मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको जीप आज बिहान इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीकाे कुलेखानी– मातातीर्थ सडक खण्डमा दुर्घटना भएकाे हाे ।
जीप आफैँ अनियन्त्रित भइ सडकबाट खसेकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
जीप चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई पक्राउ गरिएकाे उहाँले बताउनु भयाे । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे छ ।
(उज्यालो नेट्वोर्क)
प्रतिक्रिया