January 18, 2025, 7:49 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलकाे सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमा अलआउट भयो । बङ्लादेशका महमुदुल्लाह रियादले सर्वाधिक १ सय ११ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । उनको एकदिवसीयमा चौथो र विश्व कपको तेस्रो शतक हो । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा कागिसो रबाडा, मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए । त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३ सय ५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले सर्वाधिक १ सय ७४ रन बनाए । यो विश्व कपमा उनको तेस्रो शतक हो । हेनरिक क्लासेनले ९० रन जोडे । कप्तान एइडन मारक्रम ६० रनमा आउट भए । बङ्लादेशका हसन महमुदले दुई विकेट लिए । मेहेदी हसन मिराज, शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक विकेट लिए । विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

कार्तिक ८, २०८० मा प्रकाशित | ५६ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको उपचारका क्रममा निधन भएको छ ।

असोज २७ गते शनिवार हेलिकप्टर दुर्घटनामा परि घाइते भएका उहाँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको मनाङ एअरले जनाएको छ । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

सेढाईँलाई काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाईँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो

 

 

(उज्यालो नेपाल)

प्रतिक्रिया