January 18, 2025, 7:51 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपालले यूएईसँग खेल्दै

कार्तिक १०, २०८० मा प्रकाशित | ५० पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । नेपालले पहिलाे खेलमा यूएईलाई ७ विकेट, दाेस्राे खेलमा हङकङलाई ६ विकेट, तेस्राे खेलमा हङकङलाई ७९ रन र समूह चरणकाे पाँचाैँ खेलमा यूएईलाई ५ विकेटले हराएकाे थियाे ।

यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हाे । यूएई र हङकङकाे समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेकाे हाे ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएकाे छ ।

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया