January 18, 2025, 8:00 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हरायो

कार्तिक १३, २०८० मा प्रकाशित | ४७ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोनले सर्वाधिकर २७ रन जोडे ।  त्यस्तै, डेविड विलीले र डेविड मलानले समान १६/१६ रन बनाए भने मोइन अलीले १५ तथा जोनी बेरिस्टोले १४ रन  जोडे  । भारतका लागि मोहम्मद शामीले चार विकेट लिए भने जस्प्रित बुमराहले तीन विकेट लिए  ।

यस्तै, कुलदीप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको अर्धशतकीय पारी खेले । सूर्यकुमार यादवले ४९, केएल राहुल ३९ र जस्प्रित बुमराहले १६ रन बनाए ।

इङ्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । त्यस्तै, क्रिस वोक्स र आदिल राशिदले समान दुई/दुई विकेट लिँदा मार्क उडले एक विकेट लिए । जितसँगै भारतले १२ अङ्क जोडेको छ । अहिलेसम्मका खेलमा अपराजित रहेको भारत ६ खेलमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा छ । १० अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया