November 21, 2024, 11:45 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

कार्तिक १७, २०८० मा प्रकाशित | ४७ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।

नेपाल र यूएईबीच ८ वटा टी–२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया