January 18, 2025, 7:37 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

विश्व कप क्रिकेटमा श्रीलङ्का बङ्गलादेशसँग ३ विकेटले पराजित

कार्तिक २१, २०८० मा प्रकाशित | ६७ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ ।

श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।

हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलङ्काका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलङ्काको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा छ ।

आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलङ्काले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया