January 19, 2025, 3:14 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा बाग्लुङमा एक जनाकाे ज्यान गयाे

मंसिर १, २०८० मा प्रकाशित | ३८ पटक पढिएको संबाददाता

Spread the news

बाग्लुङ – बाग्लुङमा भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा एक जनाको ज्यान गएकाे छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज शुक्रवार ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उहाँकाे घटनास्थलमै ज्यान गएकाे हो ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापर्बाहीका कारण नेपालीको ज्यान गएकाे स्थानीयको आरोप छ ।

 

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया