January 18, 2025, 8:07 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

आज विश्व एड्स दिवस, एचआईभी सङ्क्रमितले नियमित एन्टिरेट्रो भाइरल औषधि खाए स्वस्थ जीवनयापन गर्न सक्ने

मंसिर १५, २०८० मा प्रकाशित | ३५७ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिवसको अवसरमा विभिन्न चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गर्दै आएको छ । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने केन्द्रले जनाएको छ ।

असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।

दिगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ । नियमित एन्टिरेट्रो भाइरल औषधि खाए एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रो भाइरल उपचार सेवा दिँदै आएको छ ।

विगत दुई दशकमा नेपालले एचआईभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको र सन् २०१० देखि सन् २०२२ सम्ममा नयाँ एचआईभी सङ्क्रमण दर झन्डै ७७ प्रतिशतले घटेको पाइएको छ । त्यस्तै एड्सबाट हुने मृत्युदर ८० प्रतिशतले घटेको छ ।

सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाख जनाको ज्यान गएको तथ्याङ्क छ । विश्वमा हरेक दिन तीन हजार छ सय मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन् ।

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया